रबि लामिछानेका समर्थक चितवनबाट लखेटे, पत्रकारमाथि समेत लाठि चार्ज

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय नि*धन प्र*करणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्की प*क्राउ र उनीहरुमाथि हुने कार*बाहीका सम्बन्धमा नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बाहिर आएका हल्ला, नारा*बाजीमा उठाइएका विषयमा भन्दा पनि तथ्य र प्रमाणमाथि गरिने अनुसन्धानको निष्कर्षसहित अदालत जाने र त्यहाँबाट हुने फैसलाको आधारमात्रै दो*षी र नि*र्दोष को हुन् भन्न सकिने बताएका छन् ।

संचारकर्मीसंगको कुराकानीका क्रममा डीआईजी पोखरेलले बाहिर हुलउज्जत तथा नारा*बाजीको आधारमा नभई प्राप्त र उपलब्ध प्रमाण र तथ्यलाई आधार मानेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको जानकारी दिएका छन् ।

चितवन क्षेत्र अहिले तनाब ग्रस्त भएको छ । रबि लामिछानेका समर्थक हरुले दिन दिनै नारा जुलुश गर्दै आएका छन् । प्रहरीलाई जुलुश सम्हाल्न हम्मे हम्मे परेको देखिन्छ । केहि प्रहरीले भने बाटोमा जो देखे उसैलाई लाठि चार्ज गरेको पनि स्थानीयको भनाइ छ ।

हिजो मात्र पत्रकारहरु माथि समेत प्रहरीले लाठी चार्ज गरेको छ