घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

काठमाडौँ, १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठले भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको अभियोग छ । आयोगका टोलीले सबइञ्जिनीयर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आज पक्राउ गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग रु एक लाख घुस मागेको आरोप लागेको छ । आयोगका अनुसार गुप्ताले लिएको घुस डा भक्तबहादुर केसीको समेत मिलेमतो रहेको पाइएको छ । आरोपीद्वयलाई जनही रु एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको छ । –रासस[] दैनिक नेपालमा खबर छ

काठमाडौं प्रहरी प्रमुखलाई फेसबुकमा गा*ली गर्ने रबि समर्थक प*क्राउ

१ भदौ, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीवि*रुद्ध गाली*गलौज गरेको आरोपमा एक जना प*क्राउ परेका छन् ।

प*क्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट प*क्राउ गरेर काठमाडौं ल्याइएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई प*क्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍‍याई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई प*क्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले प*क्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’

अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछानेलाई दाइलाई फ*साउने यो नै हो भ्र*ष्ट… … … …’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

पत्रकार शालिग्राम पुडासैनी आ*त्मह*त्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प*क्राउ गरेको थियो ।