सञ्चार गृहमा नै प्रवेश गरेर गिरफ्तार गर्नु संवैधानिक मूल्य र मान्यता विपरित-अर्जुन नरसिंह केसी

न्यूज २४ संग कुरा गर्दै नेपाली काँग्रेसका नेता अर्जुन नर्सिङ केसीले पत्रकार शालिग्राम पुडासैनीको ह*त्या या आ*त्मह*त्या के हो भन्ने विषयमा सत्यतथ्य छानविन आवश्यक रहेको बताउँदै उनले बोलेकै भरमा लामिछाने र कँडेलमाथि गरिएको व्यवहार निन्द*नीय भएको उल्लेख गरेका छन् । नेता अर्जुन नर्सिङ केसीले सञ्चार गृहमा नै प्रवेश गरेर सञ्चारकर्मी रवि लामिछानेलाई गिरफ्तार गर्नु संवैधानिक मूल्य र मान्यता विपरित भएको बताएका छन् । छानविनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको अवस्थामा पत्रकार लामिछानेलाई बोलाएर सोधपुछ गरेको भए बुद्धिमानी कार्य हुने थियो भन्दै नेता केसीले राज्य प्रेस स्वतन्त्रताको विरुद्धमा उत्रिएको पनि छर्लङ्ग बन्दै गएको बताएका छन् ।

पत्रकार रवि लामिछानेले घ*टनाको विषयमा हुने अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा सञ्चारगृह भित्र प्रवेश गरेर कार्यकक्षबाट नै लामिछाने र पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिनुमा सरकारको दुरा*शय छर्लङ्ग भएको पनि केसीको भनाइ छ । राज्यको अनुभूति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै केसीले कुनै पनि पत्रकारले आफुले चलाउँदै आएको कार्यक्रमको तयारी गरिरहेको अवस्थामा बलजफ्ती प*क्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको पनि प्रष्ट पारे ।