यी हुन् दाङका इमान्दार अटो चालक, जसले २२ हजार रुपैयाँ फिर्ता गरे

साउन ३२, दाङ । एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो ।

समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिनुभएको छ ।

अटोमा छुटेको पैसा सहित समान सकुशल सम्वन्धित व्यक्तिलाई बुझाउने चालक घोराही १५ का नवकुमार शाहलाई प्रहरीले धन्याबाद दिएको छ ।

दाङमा नवजात शिशुसहित महिलाको शव फेला

नवजात शिशु सहित तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

तुलसीपुर उपमहागनरपालिका–८ अश्वारा स्थित विरुवाको डाँडामा भर्खर जन्मेको नवजात शिशु सहित सडेको अवस्थामा झाडीमुनि महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख भिमबहादुर कार्कीले जानकारी दिनुभयो ।

तर ति महिलाको परिचय भने खुल्न सकेको छैन । कालो कुर्ता, कालो प्लाजु र रातो रङको चप्पल लगाएकी महिलाको साथमा रातो व्याग भेटिएपनि त्यसमा कागजात र मोबाइल समेत नभएकाले परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।

मृतक महिलाको शव सडेको अवस्थामा भेटिएकाले पनि पहिचान खुल्न समस्या भएको हो । मृतको वरपर डोरी वा कुनै किटनासक औंषधीको खोल वा शिशी फेला नपरेकाले मृत्यु कारण बारे अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ । ग्वाला गएका स्थानीयले शव देखेपिछ प्रहरीलाइ खबर गरेका िथए ।

दाङमा क्रसर उद्योगको टिप्परले ठक्कर दिदा दाङमा दुईको मृत्यु

दाङमा क्रसर उद्योगको टिप्परले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ रिहारमा शनिबार भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेत र घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ४२ बर्षीय बिनोद बस्नेतको मृत्यु भएको ।

दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई पाण्डव क्रसर उद्योगको ना ६ ख ३४०३ नम्बरको टिप्परले लमही नगरपालिका ९ को रिहारमा ठक्करदिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए । रमेशको लही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो, भने बिनोदको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने गाडीलाई नियन्त्रणमा लगिएको प्रहरीले बताएको छ ।

सल्यान प्रहरीले गर्यो धर्म प्रचारकलाई सर्वाजनिक

सल्यान प्रहरीले धर्म प्रचार गराउदै हिडेको आरोपमा पक्राउ परको ४ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुलाई सार्वजनिक गरेको सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरीले सल्यान जिल्लाको सारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गदै हिडेको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कु्मारी विकलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट बाईबल सम्बन्धी किताव, धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । धर्म सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

दाङमा साढे १४ हजार महिला जग्गा धनी बने

दाङमा वितेको एक बर्षमा झण्डै साढे १४ हजार महिलाले आफ्नो नाममा जग्गा पास गरेका छन् ।

सरकारले महिलाको नाममा जग्गा पास गराए २५ प्रतिशत पास छुट दिने समेत व्यवस्था गरेको छ ।

पछिल्लो समय महिलाहरु पनि चनाखो बन्दै जाँदा र अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ती पास गराउने क्रम बढ्दै गएको हो ।

जिल्ला मालपोत कार्यालय घोराही, मालपोत कार्यालय लमही र मालपोत कार्यालय तुलसीपुरबाट वितेको एक बर्षमा १४ हजार ८ सय ८१ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका हुन्।

घोराहीबाट ६ हजार ८ सय ६४, तुलसीपुरबाट १० हजार ८ सय ५ र लमहीबाट २ हजार ९२ जना महिलाले जग्गा आफ्नो नाममा गराएका छन् । सधै पुरुषको नाममा हुदै आएको सम्पत्तीमा महिलाको पनि समान अधिकार हुने गरी सरकारले नयाँ व्यवस्था र छुट ल्याएपछि त्यसमो सदुपयोग महिलाहरुले गरेका हुन् ।

अर्को तर्फ महिला पुरुषमा पनि संयुक्तरुपमा जग्गा राख्ने गरी सरकारले सम्पत्तीमा दम्पत्तीको समान अधिकार भन्ने अभियान पनि चलाएको छ ।

लमहीको एक फर्निचर उद्योगमा आगलागी हुदा ६० लाखको क्षति

लमही नगरपालिका वडा नम्वर ५ बस्ने रवि आचार्यले सन्चालन गरेको रवि फर्निचर उद्योगमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार विद्युत सर्ट भई आगलागी हुदा ६० लाख रुपैया बराबरको क्षति भएको छ । आगलागी शनिवार विहान १ वजेतिर भएको प्रहरीले बताएको छ ।

उद्योगमा आगलागी हुदा फर्निचरका मेसीनहरु, काठ लगाएतका सामानहरु जलेर नष्ट भएको बताईएको छ । एक्कासी लागेको आगो दमकल,प्रहरी र स्थानिय बासीको सहयोगमा झन्डै दुई घण्टा पछि नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

यी समाचारहरु दाङका विभिन्न अनलाइनबाट साभार गरिएको हो !

प्रतिक्रिया दिनुहोस