सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ७१ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज ५०० रुपियाँले घटेर प्रतितोला ७१ हजार रुपियाँ कायम भएको हो । महासंघले आज तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार आठ सय ७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार छ सय पन्ध्ररुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७११ रुपियाँ ५० पैसा कायम गरेको छ ।

शालीकराम पत्नि सम्झना घिमिरे पुडासैनीद्वारा रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी

काठमाण्डु, १ भदौ– माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाण्डुमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध कि*टानी जाहेरी दिएको हो । मृ*तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह*त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएको पुडासैनीका छिमेकी गोकर्ण न्यौपानेले बताए । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजु$री दिइएको परिवारले जनाएको छ ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झु**ण्डिएको अवस्थामा मृ*त फेला परेका पुडासैनीले मृ**त्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले आ*त्मह*त्या गरेको बताएका छन् । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट प*क्राउ गरेको थियो ।