रत्नपार्कमा रातपरेपछि सुरु हुने व्यापारको कमाल ! भिडियोमा हेर्नुहोस्,

ओखलढुंगाकी रमिलाको जिन्दगी रत्नपार्कले धानेको छ । उनले साँझ परेपछि रत्नपार्कमा चप्पल पसल सञ्चालन गर्ने गरेकी छन् । चप्पले पसलेनै उनको जिन्दगी चलेको छ । रमिला बेलुका सात बजे रत्नपार्क आउछिन् भने बेलुका ढिलो गरी काठमाण्डौंको डेरा जाने गरेकी छन् ।

रवि साह अहिले भर्खर २१ बर्षका भए । उनको घर बाराको सिमरा हो । जन्मिएको बाराको सिमरा भएपनि उनी लामो समयदेखि भने काठमाण्डौंमै बस्दै आएका छन् । रविको परिवार पनि काठमाण्डौंमै बस्छ ।

रविले काठमाण्डौंको मुटु भनेर चिनिने रत्नपार्कमा मोवाईल फोनको स्कृन ग्लास बेच्दै आएका छन् । उनी दिनभरी बागबजारको आकाशे पुलमा आफ्नो व्यापार चालउछन् भने साँझ परेपछि रत्नपार्कमा झर्ने गरेका छन् ।

उनले मोवाईलको स्कृन ग्लास बेचेरै दिनमा एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । आफ्नो घरखर्च चलाउनको लागि पुगेको उनको भनाई छ । उनी जस्तै धेरैले रत्नपार्कमा व्यवसाय गरेरै आफ्नो जिविकोपार्जन गर्दै आएका छन् ।