रोचक

नेपालकै पहिलो डोजर चालक मुना घिमिरे

मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन्। गोरखामा जन्मेकी उनका दाजुभाइ थिएनन्। पढाइमा अब्बल भए पनि उनले नौ कक्षा पढ्दापढ्दै पढाइ छाडिन्। ‘छोरा नभएको घर भनेर मान्छेहरू कुरा काट्थे,’ उनले भनिन्, ‘१५ वर्षको उमेरमा पढाइ छोडेर काम गर्न थालेँ। काम गर्ने ठाँउमा ठूलठूला गाडीहरू देख्थेँ।’

रिसेप्सनमा काम गर्ने उनको ध्यान भने सधैँ तिनै गाडीमा जान्थे। एक दिन अफिसका निर्देशकले उनलाई सोधे, ‘मेसिन सिक्छौ ?’ उनले जवाफ फर्काइन्, ‘सर, पाए त सिक्थेँ नि।’ आफ्नो काम सकेर उनले बिहान–बेलुका डोजर चलाउन सिकिन्। ‘समाजले फलानाकी छोरी बिग्रिई भन्थ्यो,’ उनले भनिन्, ‘मेरो मनमा तिनीहरूलाई केही गरेर देखाउँछु भन्ने थियो।’

उनले आँटिन् र मेहनत गरिन्। ‘म नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर डोजर चलाएकी थिइनँ,’ उनले भनिन्, ‘काम गर्दै जाँदा रस बस्दै गयो।’ कामको सिलसिलामा देशका विभिन्न ठाउँमा उनी पुग्थिन्। त्यहाँ उनले डोजर चलाएको देखेर हेर्न आउनेको भीड लाग्थ्यो। ‘एक पटक मैले डोजर चलाएको हेर्न थुप्रै मान्छे आइदिँदा अरनिको राजमार्गमा दिनभरि नै बाटो जाम भयो,’ उनले भनिन्, ‘अहिले पनि देख्नेबित्तिकै क्यामरा तेस्र्याउन थाल्छन्।’

हाल उनी हेभी इक्विपमेन्ट डिभिजन कार्यालय, बानेश्वरमा कार्यरत छिन्। ‘छिनेका चप्पलमा काठमाडौँ छिरेकी थिएँ,’ उनले विगत सम्झिइन्, ‘डोजरमा दक्ष भएपछि मैले जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन।’ उनी अहिलेसम्म दर्जनौँ सम्मानबाट सम्मानित भइसकिन्। नेपाल हेभी इक्विपमेन्ट संघको महासचिव उनी सडक विभागकी स्थायी कर्मचारी पनि हुन्। हक्की स्वभावकी मुना आफूलाई कसैले पनि हेपेको सहन सक्दिनन्। ‘केटीले पनि डोजर चलाउँछन् भन्थे,’ उनले भनिन्, ‘तर, मैले कहिल्यै हिम्मत हारिनँ। डोजर चालक बनेरै छोडेँ।’

मुना जस्तै काभ्रेकी विजया अधिकारी पनि डोजर चालक हुन्। डोजर चलाउने कामलाई उनी शरीर र दिमागको खेल मान्छिन्। उनी अहिले लोक सेवाबाट नाम निकालेर सिनियर अपरेटरका रूपमा विद्युत प्राधिकरणमा आबद्ध छिन्।

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

Related Articles

Back to top button
Close