रोचक

थाई राजाले लगाए ७ किलो सुनको मुकुट

थाइल्यान्डका राजा महा भाजिरालंकर्ण ३ वर्षअघि राजगद्दीमा बसे। २० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुपर्‍यो। उनका पिता भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनी राजा बनेका हुन् ।

थाइल्यान्डको हालसम्मकै लोकिप्रिय राजा भूमिबोलले ७० वर्ष शासन गरे। उनको मृत्यु हुँदा उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रप्रमुख थिए।
भूमिबोलको लोकप्रियताका कारण शाही परिवारका अन्य सदस्य तथा सर्वसाधारणलाई शोकबाट राजगद्दीमा बसेको करिब ३ वर्षपछि महा भाजिरालंकर्णलाई शनिबार राज्याभिषेक गराइएको छ। पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा अनुसार जल सेचन गरेर राज्याभिषेक गराइएको हो।

तीन दिने राज्याभिषेक समारोहको पहिलो दिन बैंककस्थित ग्राण्ड प्यालेसमा आयोजित शाही शुद्धिकरण समारोहमा उनले ७.३ किलो सुनको मुकुट लगाएका थीए । मुकुटलाई ‘ग्रेट क्राउन अफ भिक्ट्रि’ भनिन्छ। उनी चाक्रीवंशीय १० औँ राजा हुन्।

भाजिरालंकर्णले अप्रत्यासित रुपमा केहि दिनअघि आफ्नो सुरक्षा दस्ताकी उपप्रमुख सुथितासँग विवाह गरेको घोषणासहित महारानी उपाधी दिएका थिए। भाजिरालंकर्ण थाईल्याण्डका लोकप्रिय राजा अदुल्यादेज र रानी सिरिकिटको दोश्रो सन्तानका रुपमा १९५२ को जुलाई २८ मा जन्मेका हुन्।

Related Articles

Back to top button
Close