राशिफल

मनकामना माताले मनोकामना पुरा गरुन ! वैशाख २५ गते बुधबार आजको राशिफल

मेषः–

सहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग अल्प मिल्ला ।

वृषः–

मध्याम खालको दिन छ । सफलता असफलता आफ्नै हात हुनेछ । अरुबाट सहयोग आशा धेरै नगर्नु होला । संचित धनमा ह्रास आउनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । व्यापारबाट अल्प लाभ होला ।

मिथुनः–

शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । कुनै कार्यक्रममा भाग लिनको लागि निम्ता आउन सक्छ ।

कर्कटः–

समयले साथ दिने छैन । मन अस्थिर हुनेछ । काममा आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थकोे घुमाई फिराई होला । मिथ्या आरोप लाग्न सक्छ । आफन्त सँगको विश्वास टुट्न सक्छ ।

सिंहः–

भाग्यले साथ दिदा धेरै ठाँउमा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा कार्यभार थपिन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला । पुराना मित्रहरु भेटिने छन् ।

कन्याः–

आज गरेका काम उदाहरणीय हुनेछन् । भाग्यले साथ दिनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउला । पारिवारिक सुख शान्ति थोरै मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

तुलाः–

विवादबाट टाढा रहेर काम गर्नु होला । रोकिएका काममा विस्तारै सुधार आउनेछ । आशाका अङ्कुर पलाउने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । परोपकारी काम हुनेछन् । पढाईमा प्रगति हुनेछ ।

वृश्चिकः–

काम गर्ने वातावरण विग्रिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ,खान पानमा ध्यान दिनुहोला । मानसिक तनाव बढाउने खालका गतिविधि बढि हुनसक्छन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

धनुः–

विवादबाट जोगिएर काम गर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । यात्राको योग देखिन्छ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मकरः–

काम गर्न त्यति सहज देखिदैन । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । हरेस नखानु होला,काम गर्दा अवरोध आउन सक्छन् । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ लिन सकिनेछ ।

कुम्भः–

अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । व्यापार व्यवसायबाट लाभ कम हुनेछ । काममा सहयोग गर्ने कमै हुनेछन् । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

मिनः–

घरयासी समस्या बढ्नेछन् । काम गर्ने जोश जागर घट्नेछ । कार्य प्रगति तल झर्नेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्न खोज्ने बढि हुनेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारबाट आम्दानी घट्नेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा ।

Related Articles

Back to top button
Close